बंगलादेश १३१ रनमा अलआउट, बोल्टको ४ विकेट

काठमाडौँ : न्युजिल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेश १३१ रनमै अलआउट भएको छ । डुनिडनमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश ४१ ओभर ५ बलमा सबै १० विकेट गुमाएर १३१ रनमा अलआउट भएको हो ।
बंगलादेशका लागि महमुदुल्लाहले २७ र मुसाफिकर रहिमले २३ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए । ८ ओभर ५ बल बलिङ गरेका उनले २७ रन दिएर ४ विकेट लिएका हुन् । यस्तै जेम्स निशम र मिचेल सान्टनरले समान दुई-दुई विकेट लिए ।
न्युजिल्याण्डले केहीबेरमा १३२ रनको झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ । न्युजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले तीन-तीन वटा एकदिवसीय र टी–ट्वेन्टी क्रिकेट खेल्नेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया