म्यादीका लागि जुम्लामा २२८५ जनाको आवेदन

जुम्ला - जुम्लामा म्यादी प्रहरीको लागि खोलिएको आवेदनमा दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादीको भर्ना आवेदन लिइएको थियो ।
सो अवधिमा म्यादीका लागि पाँच सय ३१ जना महिला र १७ सय ५४ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने,‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो ।'
तर, यहाँ दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । उनका अनुसार म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुइचो लागेको छ । २२ गतेभित्र म्यादीको अन्तिम नतिजा निकाल्नु पर्ने छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले भने, 'छनोटको मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका नागरिकले दरखास्त दिन पाउने छन् ।'
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने प्रहरी जवान हस्तबहादुर बुढा मगरले बताए । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत सात हजार दुई सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको प्रहरी निरीक्षक युवन चौधरीले बताए । म्यादी प्रहरीको लागि जुम्लामा ५३ वर्ष उम्मेर सम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिएको प्रहरी निरीक्षक चौधरीले बताए ।

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_38d17eW14b_snqibzv1tm4yyibfdixdc3fddykcbh7yxfinpuusmq9ak0tjgns2pllqjs7y.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

प्रतिक्रिया