व्यास नगरपालिकाले सार्वजनिक जग्गा फिर्ता ल्यायो

काठमाडाैँ – व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएर जग्गा फिर्ता ल्याएको छ ।
व्यासनगरपालिका–२ स्थित डाँग्रीखोल्सीलगायत विभिन्न स्थानका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएर करिब तीन रोपनी जग्गा फिर्ता ल्याएको हो ।
नगरपालिकाले गत माघ २६ गते अतिक्रमण गरी बनाइएका केही घरटहरा भत्काए पनि केही घरमा पसलका सामग्री रहेका कारण गत फागुन १ गतेभित्र व्यक्ति स्वयम्ले भत्काउने सहमतिमा छाडेको थियो । सहमतिअनुरुप बनाइएका घरटहरा भत्काउन व्यक्तिले चासो नदेखाएपछि पटकपटक मौखिक एवं पत्राचार गर्दा पनि बेवास्ता गरेको पाइएकाले भत्काइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए ।
“पटक पटकभन्दा पनि कुनै सुनुवाइ भएन”, उनले भने, “एक महिनाभन्दा बढी समय बित्दा पनि बेवास्ता भएको देखिएपछि नगरपालिकाले चासो देखाई भत्काएको हो ।” दमौली बजार क्षेत्रका ठूला व्यक्तिले नै सार्वजनिक जग्गा अतिक्रमण गरी कब्जा गर्न थालेपछि अन्य सर्वसाधारणले पनि क्रमिक रुपमा कब्जा गर्न थालेको उनले बताए।
व्यासनगरपालिका–२ अन्तर्गत डाँग्रीखोल्सी, पानीघट्टा र मालेबगर क्षेत्रका चौध जना व्यक्तिबाट जग्गा फिर्ता गरी संरक्षण गर्न लागेको उनले जानकारी दिए। सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय जनजागृति र उत्तरशिला दुईवटा टोल विकास संस्थाको पहलमा रोक्न खोजे पनि सम्भव नभएको उत्तरशिला टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रिजालले जानकारी दिए ।
यसरी अतिक्रमण गरी बनाइएका संरचनामा नगरपालिकाले डोजर लगाएर भत्काउन थालेपछि अन्य वडामा जग्गा अतिक्रमण गरी संरचना बनाएकाहरु डराउन थालेका छन् ।

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_38d17eW14b_snqibzv1tm4yyibfdixdc3fddykcbh7yxfinpuusmq9ak0tjgns2pllqjs7y.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

प्रतिक्रिया