लैंगिक हिंसा पुरुषमाथि पनि...

काठमाडौैं – लैङ्गिक समानता र राष्ट्रिय मापदण्ड सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा महिलामात्र नभएर पुरुषमाथि पनि हुने गरेको बताएका छन् । काठमाडौं बिहीबार र शुक्रबार चलेको दुई दिने लैङ्गिक समानता र राष्ट्रिय मापदण्डसम्बन्धी गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए ।
विश्वभरका सात सय युनियनहरूको छाता युनियन पब्लिक सर्भिस इन्टरनेसनलले गरेको सो गोष्ठीमा नेपालभित्रका नौवटा युनियनका व्यक्तिहरू सहभागी थिए ।
कार्यशालामा लैङ्गिक हिंसा, सी १९० के हो र लैंगिक हिंसा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । सो क्रममा लैंगिक हिंसा महिलामाथि मात्र नभएर पुरूषमाथि नि दुर्व्यवहार हुने गरेको सहभागीले बताएका हुन् ।
उनीहरुले दुर्व्यवहारसम्बन्धी नयाँ नयाँ स्वरूपहरू आएका भन्दै सामाजिक सञ्जालमार्फत् पनि दुर्व्यवहार बढिरहेको बताए । कार्यक्रममा पब्लिक सर्भिस इन्टरनेसनलका एसिया प्यासिफिक महासचिव रामन कान्नन, बन्दना शर्मा, तिलकजङ्ग खड्का, राधिका कुइँकेल, मञ्जु थापामगर, कमला कुइँकेललगायतले आआफ्नो धारणा राखेका थिए ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया