सुनसरीमा म्यादी प्रहरीमा आवेदन दिनको भीड

सुनसरी – सुनसरीमा स्थानीय तह निर्वाचन लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको भीड लागेको छ ।
कार्यालय समय अगावै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभई फारम लिन लाइनमा बस्नेको भीड समेत उत्तिकै बाक्लो छ । युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह २ महिने सरकारी जागिरमा झुम्मिएका छन ।
एकाविहानै लाइनमा पालो पर्खने अधिकांशको चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनु परेको अधिकांशको भनाइ छ । उनीहरु भन्छन् “सरकारले स्वदेशमै रोजगारी दिलाउन सकेन्, खाली बस्नुको साटो थोरै भएपनि घर घर्च जुट्छ । त्यही भएर म्यादी खान आएको ।”
युवा मात्र नभई अधवैशे उमेर समूहका व्यक्तिहरु समेत म्यादी बन्ने इच्छा बोकेर घण्टौँ लाइनमा छन । उनीहरु समेत घरपरिवारको गर्जो टार्न २ महिने सरकारी जागिर खान आएको बताउँछन ।
म्यादी प्रहरीका लागि साधारण लेखपढ मात्रै पुग्ने भएपनि आवेदन दिने शिक्षित बेरोजगारको संख्या समेत ठूलो छ । उनीहरुको भनाइमा सरकारी बेवास्ता र रोजगारीको पर्याप्तता नहुनु देशकै लागि विडम्बना हो । पढे लेखेर नि विदेशिनु बाहेक विकल्प छैन । म्यादी प्रहरीमा आउनु रहर नभई बाध्यता हो । शैक्षिक प्रमाणपत्र अनिवार्य नभएकाले आवेदन दिने शिक्षित बेरोजगारको संख्या यकिन हुन नसकेपनि म्यादी प्रहरीमा आवेदन दिनको भीडले बेरोजगार समस्या समाधान गर्न नसकेको सरकारलाई गिज्याई रहेको स्पष्ट देखिन्छ ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया