दाहाल पक्षीय सचिवालय सदस्यकाे बैठक धुम्बाराहीमा सुरु

काठमाडौं : सत्तारूढ नेकपाको सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका छैनन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित छन् । अर्का अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमाउपस्थित छैनन् ।
नेकपाभित्रको विवादले उग्र रुप लिएपछि अर्का अध्यक्ष ओलीले बैठक बस्न अस्वीकार गर्दै आएका थिए । ओलीले विवाद समाधान भएपछि मात्रै बैठक बस्ने बताइरहँदा दाहालले बैठक डाकेका हुन् । दाहालले भने पार्टीभित्रको विवाद बैठकले नै समाधान गर्नुपर्ने अडान यसअघि नै राखेका थिए ।
यसअघि नेकपाकै एक सचिवालय सदस्यले आजको बैठकले पार्टीभित्रको समस्या समाधान उपाय खोज्ने बताएका थिए। ‘सरकार एकतर्फी पार्टीको निर्णयभन्दा बाहिर गयो’ ति सदस्यले भने आजको बैठकले छिनोफानो गर्नेछ ।’
कर्णालीमा आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि चुलिएको विवाद हाल उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफू खुसी मन्त्रिपरिषद पुनर्गठन र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि ओली दाहालबीच अविश्वास बढेको छ । बिहीबार अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन ।

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रतिक्रिया