परिकल्पनाकाे २० वर्षपछि बन्याे स्वयम्भूमा धर्म चक्र पार्क

काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा १५ स्वयम्भू भूइँखेलमा धर्म चक्र पार्क तथा पुलेस्वाँ पोखरी उद्घाटन भएको छ । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले धर्म चक्र पार्क तथा पुलेस्वाँपोखरी उद्घाटन गरेका हुन् ।
करिब १ करोड ३६ रुपैयाँ केन्द्रीय बजेट र वडाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा पार्क र पोखरी निर्माण भएको हो । यसको सौन्दर्य तथा हरियाली प्रवर्द्धन गर्न महानगरले थप १ करोड रुपैयाँ विनियोजन गरेको छ । यो ठाउँमा पार्क बनाउन आजभन्दा २० वर्ष अघि नै सोच निर्माण गरिएको थियो ।
पार्कमा ३५ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिएको छ । पार्क उद्घाटनसँगै झण्डा पनि फहराइएको थियो । काठमाडौँ महानगरले सम्पदा क्षेत्रभित्र ३५ फिट अग्लो र अन्य कही सार्वजनिक क्षेत्रमा १०३ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिरहेको छ । यस क्रममा माइतीघर मण्डला, शान्ति वाटिकामा झण्डा राखिसकिएको छ ।
पार्क उद्घाटन पछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँलाई मानिसको बसोबास योग्य सांस्कृतिक सहर बनाउन लिएका नीति र बनाइएका कार्यक्रम क्रमशः सम्पन्न हुँदै गएको बताए ।
‘हामीले जे जति नीति र कार्यक्रम बनायौँ, यसमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु सबैको सहभागिता छ । यी नीति र कार्यक्रमको कार्यान्वयन विभाग र वडाहरूबाट भइरहेको छ ।’ प्रमुख शाक्यले भने, ‘सपना साझा थिए । ती पूरा गर्न सामुहिक प्रयत्न गर्यौँ । विकासका उपलब्धीहरु क्रमशः प्राप्त हुँदै जाने हुन् । यसमा हामी सफल बन्दै गएका छौँ ।’
काठमाडौँलाई धुँवा धुलोमुक्त, बस्न लायक सांस्कृतिक सहर बनाउन महानगरको नेतृत्वमा सम्बद्ध सबै सहभागी हुनुपर्छ । कार्यक्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले भने, ‘परिवर्तन भएको छ । यसको व्यवस्थापनमा कार्यक्रम ल्याउनुपर्छ ।’
शासन परिवर्तनपछिको पहिलो स्थानीय सरकार भएकोले थितिका लागि कानून बनाउनमा धेरै समय खर्च भयो । महानगरका उपलब्धीका विषयमा धारणा राख्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘महामारीको समय भएकोले हामीले अन्य क्षेत्रभन्दा जनताको स्वास्थ्य सुरक्षाका कार्यक्रममा जोड दियौँ । जनता बाँचे पो पूर्वाधार र सुविधा । जनता नै नरहने अवस्था आयो भने के गर्नु?’
पलेस्वाँ पोखरीमा फुलेको कमलको फूल टिपेर स्वयम्भूमा चढाउने चलन थियो । यो १२ बर्षे सम्यक महादान गरिने पोखरी हो । ठाउँका विषयमा कुरा गर्दै वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ऐतिहासिक पोखरी र त्यससँगै पार्क निर्माणले वडाको समृद्धि बढाएको छ ।
पार्कले भुइँ खेल क्षेत्रको आकर्षण त बढाएको छ नै यसबाहेक स्थानीय र स्वयम्भू घुम्न आउने भक्तहरुका लागि आराम गर्ने उपयुक्त ठाउँ बनेको छ । कार्यक्रममा वडा सदस्य आनन्द गौतमको भनाइ थियो ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया