'यहाँ दु:खको अर्को नाम खानेपानी थियो अब त्यो पनि हट्यो'

काठमाडौँ- 'घर-घरमा पानी, घर-घरमा धारा' अभियान अन्तर्गत पहिलोपटक देशभरकै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- १ को सबै घरमा पानी पुगेको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी सबै घरमा पानी पुर्याउने धारा उद्घाटन भएको छ ।
वि सं २०७२ बैशाख १२ को भूकम्पले पानीको मुहान सुकेको थियो । त्यहाँका ७ सय ८६ घरधुरीले खानेपानीका लागि दुःख, पीडा र हैरानी खेप्नु परेको थियो । प्रत्येक घर खानेपानीको सेवाबाट लाभान्वित भएका छन् । विभिन्न दात्तृ संघ संस्थाको सहयोगबाट करिब २ करोड रुपैयाँको लागतमा खानेपानी घर-घरमा पुर्याइएको हो ।
वडा १ कार्यालयमा रहेको सार्वजनिक धारा गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र वडा अध्यक्ष नेत्र कार्कीले एकसाथ उद्घाटन गरे ।
घर-घरमा पानी पुग्नु भनेको ठोकर्पाबासीले नयाँ जीवन पाए जस्तै भएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले बताए । 'यहाँको दुःख पानी थियो, दुःखको अर्को नाम पानी थियो,' उनले भने,' वडाबासीले अबदेखि घण्टौँसम्म दुई गाग्री पानीका पानीको मुहान खोज्दै जानुपर्ने अवस्था हटेको छ ।'
ठोकर्पाबासीले पानी पाउनु भनेको सिंगो गाउँपालिकाको भविष्य सुन्दर बन्दै गइरहेको जिसीको भनाइ छ । पानीकै कारण वडाबासीले भोग्नुपर्ने दुःख अन्त्य सुरु भएको उनले बताए ।
पानीको स्थायी समाधानले सुनकोशीमा विकासको जरो फुट्न सुरुवात भएको उनको भनाइ छ । 'धारामा पानी लिन जान बाध्यताबाट मुक्ति पाउनु यहाँका महिला र पुरुषहरूको समय बचत भइरहेको छ,' उनले इकागजसँग भने,' पानी लिन जाँदा लडेर चोटपटक लाग्थ्यो, अबदेखि त्यस्तो हुँदैन । घरमा काम गर्ने समय मिलेको छ ।'
वडाध्यक्ष नेत्र कार्कीले निर्वाचनको समयमा गरिएको घोषणा पूरा गरेको बताए । प्रत्यक्ष रुपमा करिब आठ सय घरधुरीले खानेपानीको सेवा पाउने उनको भनाइ छ । पानी सबैभन्दा महत्त्वपूर्ण रहे पनि यहाँका मानिसले सहजै नपाउँदा दुःख भइरहेको थियो,' उनले भने,' यस वडाबाट सदाको लागि पानी नपाइने समस्याको समाधान टरेको छ ।'
खानेपानीको लाइनमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता हटेको उनले बताए । प्रत्येक घरमा मिटरसहितको धारा जडान भएको छ । उपभोक्ताले न्यूनतम १ सय रुपैयाँ तिर्नुपर्ने उनले जानकारी दिए ।
वडाबासीको श्रमदानमा घर-घरमा खानेपानी पुर्याउन सम्भव भएको उनको ठहर छ । ठोकर्पाबासीको दुःख हट्नु भनेको समग्रमा गाउँपालिकाको दुखः टरेको उनले बताए ।
त्यसैगरी नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले यस वडाबाट भएको राम्रो काम देशभरका सबै स्थानीय तहले पाठ सिक्नुपर्ने बताए । विकास गर्ने संस्था स्थानीय तह रहेको घर-घरमा धारा अभियानले सुचारु गरेको उनको भनाइ छ ।
'स्थानीय सरकारमा सक्षम नेतृत्त्व तह रहेमा विकास गर्नलाई सहजै सकिन्छ,' उनले भने,' नेतृत्त्वले पनि काम गर्न चाहना राख्नुपर्छ । विकास गर्न चाहेमा सबै कुरा सम्भव हुन्छ ।'

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया