चुरे पहाडमा भीषण पहिरो

महोत्तरी - महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भीषण पहिरो खसेको हो ।
पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती जोखिममा परेकाे छ । स्थानीय युवा इशारा लामाका अनुसार पहिरो गएसँगै स्थानीयहरू त्रसित छन् । पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ्ग खोला, चनौटे, गर्दिखोला, भाङग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयहरूको भनाइ छ ।
बेमौसमी पहिरोले त्रसित बनाउने गरी ठूलो पहिरो गएपछि वर्षायाममा हुन सक्ने खतराबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयहरुले चिन्ता लिइरहेको इशारा लामाले जानकारी दिए ।
अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको छ । सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तीका स्थानीयहरू खोलाबाट नै आवतजावत गर्दै आएका छन् ।
सुरुमा सानो पहिरो गएको भए पनि राति २ बजेबाट ठूलो पहिरो जान थालेकाे स्थानीयहरू बताउँछन् । पहिरो गएको नजिक र वरपर मात्र करिब दुई सय घरधुरी बसोबास गर्दै आएका छन् ।
तराईमा पछिल्लो दुई दिनयता अत्याधिक बढेको तापक्रमका कारण पहिरो गएको हुन सक्ने वातावरणविद्हरूको अनुमान छ । वातावरणविद नागदेव यादवका अनुसार चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा पहिरो जाने गर्दछ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया