बागमती प्रदेशको ६ जिल्लामा बर्ड फ्लू

मकवानपुर - मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै बर्ड फ्लूको संक्रमणले महामारीको रूप लिनसक्ने भएकोले सजक रहन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र सिन्धुपाल्चोकमा बर्ड फ्लू संक्रमण देखिएको हो । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा बर्ड फ्लू संक्रमण देखिएपछि नष्ट गरिएको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए ।
बर्ड फ्लू रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पंक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको पाण्डेले बताए ।
संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिव पाण्डेले । "राहतको लागि केही समय लाग्छ,तर किसानले क्षतिपूर्ति पाउनुहुन्छ।" मन्त्रालयले बर्ड फ्लू रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको जनाएको छ । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।
एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परीक्षण र निगरानी कार्यहरु बढाइएको मन्त्रालयका कृषि बिकास महाशाखाका प्रमुख तथा प्रवक्ता झलकनाथ कडेलले बताए ।
संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ ।
त्यस्तै मन्त्रालयले प्रदेशको सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट र्यापिड टेस्ट किटबाट परीक्षणको व्यवस्था मिलाइएको छ ।
संक्रमित पन्छीहरुको ओसार प्रसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पन्छीपालक व्यवसायीले पन्छी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाइ गर्ने र र्यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कंडेलले जानकारी दिए ।
नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्दै गरेको अवस्थामा बेला बेलामा फैलने यस्ता संक्रमणले समस्या ल्याउने गरेको छ । यस्ता समस्याबाट किसान हतोत्साहित नहोउन भनेर सरकारले राहतको कार्यक्रममार्फत थोरै भए पनि सम्बोधन गर्नेगरेको पाण्डेले बताए ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया