ट्रयाक्टर दुर्घटनमा चालककाे मृत्यु

उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ हात्ती अड्केमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।
गिट्टीको लोड बोकेर जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएको मकवानपुर हेटौडाका २८ वर्षिय चालक राजेन्द्र प्रजाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।
लोड बोकेको ट्रयाक्टर बुधवार दिउँसो सडकबाट ३ सय मिटर तल खसेको थियो । ट्रयाक्टर चालक प्रजाको उपचारको क्रममा बुधवार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटना हुने बितिकै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरि अस्पताल पठाएको थियो ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया