बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

जिल्ला अदालत कास्कीमा तोडफोड

पोखरा - जिल्ला अदालत कास्कीमा रातको समयमा ताल्चा फुटाएर तोडफोड गरिएको छ । मंगलबार राति ३ वटा कोठाको ताल्चा, अदालतको च्याम्बर, इजलास र बेन्च पनि फुटाइएको हो ।

मंगलबार दिउँसो राम्रैसँग बन्द गरेर गएको अफिस बुधबार बिहान तोडफोड भएको अवस्थामा देखेको जिल्ला अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।

‘अदालतको १ नम्बर च्याम्बर, ६ नम्बर इजलास र बेन्चमा चैत ८ गते राती फुटालिएको अवस्थामा देखिएको छ,’ उनले भने । तोडफोड गर्न गर्नका लागि प्रयोग गरिएको रड सोही स्थानमा छाडेर गएको उनले बताए ।

अदालतका ३ वटा कोठाको ताल्चा फुटाएर त्यसभित्र भित्र रहेका दराज पनि फुटाएको उनको भनाइ छ । ‘३ वटा कोठामा चार वटा दराज थिए । दराजको चाबी भेटेकोहरू चाबीले खाेलेका छन् भने नभेटेका दराजको चाबी फोरेको छ,’ उनले भने, ‘एउटा दराज फुटाल्ने प्रयास गर्दा नसकेर छोडेको देखिन्छ, घर्राहरूमा हात हालेर त्यहाँको सामान छरपस्ट बनाएको देखिएको छ ।’

बिहान तोडफोड भएको थाहा भएपछि प्रहरीलाई खबर गरी अहिले अनुसन्धान जारी रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले अनुसन्धानकाे क्रममा रहेकाले चोरी हो या तोडफोड मात्र हो भन्न सक्ने अवस्था नरहेको जानकारी दिए ।