लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

काठमाडौँ- भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । सिन्धुपाल्चोकबाट शव लिएर आइरहेको शववाहनले ठक्कर दिँदा चालक भेषबहादुर श्रेष्ठ घाइते भएको भक्तपुर महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीकाअनुसार घाइते चालकलाई लोकनथलीकै समीट अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रदेश–३–०१ ०२३ च २३५६ नम्बरको शववाहनले विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल जलेको छ ।
शववाहनका चालक र सहचालक दुवै प्रहरी नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया