काठमाडौँ विश्वकै छैटौँ प्रदूषित राजधानी सहर, यी हुन् दश प्रदूषित देश

जेनेभा - राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टकाे सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ ।
तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो । विश्वका १०० प्रदूषित सहरहरुमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँद र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।
आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका सहरहरूमध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।
११७ देशका ६ हजार ४७५ सहरहरूको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।
कम्तिमा ९३ सहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।
‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो । समयसँगै उनीहरूले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।
विश्वका दश प्रदूषित देश
१.बंगलादेश
२.चाँद
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया