रौतहटमा महिला बलात्कृत, आरोपित फरार

रौतहट- रौतहटमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप छ ।
जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आरोपित पटेल फरार छन् । पीडित महिलाको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।
पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको छ ।
दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शौच गर्न गएको बताइएको छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडितले गुहार मागेर होहल्ला गरेपछि पटेल फरार भएका थिए ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया