‘विराट फुटवेयर एक्स्पो’ सुरु

विराटनगरः ‘विराट फुटवेयर एक्स्पो’ (जुत्ता, चप्पल मेला) विहीबारबाट सुरु भएको छ । विराटनगरको जलजला मोड पूर्वरंगेली रोडको खाली मैदानमा आजदेखि वैशाख ५ गतेसम्म एक महिनासम्म फुटवेयर एक्सपो लाग्नेछ ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको एक्स्पोको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले उद्घाटन गरेका छन् । एक्स्पोमा देशभरीका चर्चित कम्पनीका सम्पूर्ण जुत्ता, चप्पलको स्टल छ । एक्स्पोमा १२ कम्पनीको २० ब्राण्डका जुत्ता, चप्पल छन् ।
उपभोक्ताहरूले एकै ठाउँमा थरिथरिका जुक्ता, चप्पलहरू आफ्नो रोजाइ छानेर किन्न पाउने छन् । विभिन्न २० ब्राण्डका ५ हजार जोर बढी मोडलका जुत्ता, चप्पलहरू एक्स्पोमा राखिएको छ । मेलामा १० देखि ५० प्रतिशत छुट दिइएको छ ।
एक्स्पोमा बेस ग्लोबल प्रालि, शिखर शुज इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुँरास फुटवेयर, नियासा शुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फटवेयर प्रोडक्ट नेपाल, पबित्रा शुज इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज, रन शुज, स्माट शुज, जय श्री पि यू टेक र सुर्रवी पोलिमर्स कम्पनीका जुत्ता, चप्पलहरू राखिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया