दिवंगत पत्रकार एलबी विश्वकर्मालाई ५१ हजार राशिको सहयात्रा सम्मान

काठमाडौँ - पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सहयात्रा सम्मान–२०२२ समर्पण गरिने भएको छ । ५१ हजार राशिसहित परिवारलाई सम्मानपत्र प्रदान गरिने सहयात्राका क्यानाडा अध्यक्ष सन्तोष विश्वकर्माले जनाएका छन् । सहयात्रा सम्मान दलित अधिकारकर्मी रेशमबहादुर सुनारको सम्झनामा स्थापित सम्मान हो ।
सोमबार ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धका सन्दर्भमा 'जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तर्राष्ट्रिय सामाजिक अभियन्ताहरुको भूमिका' विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै उक्त सम्मान घोषणा गरिएको हो । हाल क्यानाडामा अध्ययनरत सन्तोष विश्वकर्माको सभापतित्वमा भएको अन्तक्र्रिया कार्यक्रममा एलबी विश्वकर्माको परिवारको पनि सहभागिता थियो । केही दिनमै काठमाडौँमा एक कार्यक्रम गरेर सम्मान प्रदान गरिने सन्तोष विश्वकर्माले बताए ।
दुई महिनाअघि अल्पायुमै निधन भएका एलबी विश्वकर्माका पाँच वर्षीय एक छोरा, श्रीमती छन् । सामाजिक न्यायका लागि प्रतिबद्ध एलबी विश्वकर्माले आफू बिरामी भएकै बेलामा बाजुराकी सप्पा नेपालीले आफ्ना चार सन्तानसहित नदीमा हाम फालेको विषयमा लेख लेखेका थिए । उक्त लेख प्रकाशित भएकै दिन अस्पतालमै उपचार अभावमा उनको निधन भएको थियो । फाउन्डेसनका क्यानडा अध्यक्ष सन्तोष विश्वकर्माले एलबी विश्वकर्माले लेखेका लेख–रचना समेटेर पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको पनि जानकारी गराएका छन् ।
जातीय विभेदविरुद्धको दिवसका सन्दर्भमा सोमबार भएको भर्चुअल कार्यक्रममा संसारका विभिन्न देशबाट सहभागिता थियो । क्यानडाका सांसद तथा क्यानाडाज न्यु डेमोक्र्याट्सका नेता जगमित सिंहले कार्यक्रममा शुभकामना सन्देश दिएका थिए । जातका आधारमा हुने विभेद र असमातनाविरुद्ध आफू र आफ्नो पार्टी सहयात्रामा रहेको बताउँदै नेपाली कम्युनिटीले गरेको कार्यक्रमको सह्राना गरेका थिए ।
क्यानाडाका लागि नेपालका राजदूत भृगु ढुंगानाले प्रमुख अतिथिको आसनबाट शुभकामना सन्देश दिँदै आफ्नो तर्फबाट विभेदविरुद्धका मुद्दामा समन्वय हुने बताए ।
कार्यक्रममा दलित अधिकारकर्मी, मानवअधिकारकर्मी तथा लेखक, चिन्तक, कलाकारको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल दलित इन्फो इन्टरन्यासनल नेटवर्कका संस्थापक डा. द्रोण रसाइलीले जातीय विभेदले नेपाली समाजमा जरो गाडेको बताउँदै यसबाट उम्कन सबै मिलेर संघर्ष र सहयात्रा गर्न आग्रह गरेका थिए । रसाइली २०२८ सालका एसएलसी नेपाल प्रथम हुन् । कार्यक्रममा प्रा.डा. तुलसी धरेल, डीबी सागर विश्वकर्मा, सुजाता थापा, उपप्राध्यापक डा. सलिम, ओमप्रकाश बिके गहतराज, कुलबहादुर विश्वकर्मा, अरिता राई गुरुङ, टंक विश्वकर्मा, हिरा विश्वकर्मा, चमेली परियार, अर्जुन बगाले, जितेन्द्र विश्वकर्मा , राजेन्द्र सेन्चरी, बुद्धिप्रकाश ओली, रिता बुर्लाकोटी, सविता विश्वकर्मा, सरोज सिलवाल आदिले जातीय विभेदको विषयमा आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
पत्रकार एलबीका बुवा नन्दराम टमाटा अछामबाट जोडिएका थिए । भाइ गौतम टमाटाले दाइलाई सम्झेकामा धन्यवाद दिएका थिए । दाइको निधन भएको दुई महिना हुँदासम्म क्षतिपूर्तिदेखि अन्य खाले सहयोग नमिलेको उनको गुनासो थियो ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

प्रतिक्रिया