लेटाङ घटनामा प्रहरी हत्याका दोषीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री देउवा

विराटनगर - प्रधानमन्त्री शेर बहादुर देउवाले मोरङको लेटाङमा भएको महिला प्रहरीको हत्यामा सलग्न दोषीलाई कारवाही गर्ने बताएका छन् । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले प्रहरी हत्याका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित बनेका स्थानीय र प्रहरीबीच गएराति भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको थियो। आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीको अन्दाधुन्ध आक्रमणमा परी आइतबार राति प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।
स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । अहिले घटनास्थल आसपासमा कफ्र्यू लगाइएको छ । लेटाङमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको जनाइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया