बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

इस्लिङटन कलेज मनायो रजत जयन्ती

काठमाडौं – इस्लिङटन कलेजले आफ्नो स्थापनाको रजत जयन्ती मनाएको छ । उक्त अवसरमा कलेजले आफ्नो २५ वर्षे यात्रामा साथ दिने तपाईं, शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्नुहुने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरुप्रति आभार व्यक्त गरेको छ । 

कलेजले स्थापनाको २५ वर्षमा हामीले शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गर्दै आएका छ । सन् १९९६ मा स्थापना भएको इस्लिङटन आईटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेज हो । तीन सय बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उतीर्ण हुँदै आएका छन् । 

यो अवधिमा उक्त कलेजले ५५०० भन्दाबढी दक्ष्य जनशक्ति उत्पादन गरिसकेको जनाएको छ । 

कोटिभिटीका प्रवन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जा भन्छन्, ‘इस्लिङटन बाट उतीर्ण भएकाहरु प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व थिए । उनीहरुमा विशेष ज्ञान थियो ।’

आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार इस्लिङटन कलेजमा उपलब्ध छ । 

‘इस्लिङटन कलेजले नवीन शिक्षाको दाबी गर्छ । हामीसँग आवद्ध प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरु नयाँनयाँ खोज र अनुसन्धानमा विश्वास गर्छन् । जसले सिकाई र पढाईमा नौलोपन ल्याउने मात्र हैन नयाँनयाँ सोचको विकास समेत गरिदिन्छ । आईटी र व्यवस्थापन संकायमा हामीले वर्षेनी दक्ष्य र बजार सुहाउँदो जनशक्ति उत्पादन गरिरहेका छौं र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं’ कलेजले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।