होलीले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्याउँछ- नेता कोइराला

इनरुवा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न होली पर्वले सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
होली पर्वको अवसरमा आज आयोजित कार्यक्रममा होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताउँदै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गरी न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नमा यो पर्वले सहयोग पु¥याउनेछ भने । यस पर्वले एकापसमा रहेको तीक्तता अन्त्य गर्दै सबैलाई एकता कायम गर्नका लागि मद्दत गरोस् भनी उहाँले कामनासमेत गरे ।
बिहीबार पहाडी जिल्लाहरुमा मनाएको होली पर्व आज सुनसरीसहित तराई मधेस क्षेत्रमा एकापसमा रङ्ग र अबिर लगाएर धुमधामका साथ मनाइँदैछ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया