पाँच जिल्लामा डुबेर पाँच जनाको मृत्यु

काठमाडौँ- इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ ।
इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राइको बिहीबार मृत्यु भएको छ ।
साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल बिष्टको बिहीबार मृत्यु भएको छ ।
उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।
अछामको मंगलसेन नगरपालिका–३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिन बहादुर ढोलीको बिहीबार मृत्यु भएको छ ।
उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने रमा रानामगरको बिहीबार मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ छाँगासिर झरनाको पानीमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय कमल उपाध्यायको बिहीबार दिउँसो मृत्यु भएको छ ।

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_4HWCPO8d4H_xjcmquba6ieh1pi85glnlcu2jhvbqvjlvjcyebobohw0jteonwy7uvl9tatn.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

प्रतिक्रिया