मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

प्राध्यापक ध्रुव कुमारको निधन

काठमाडौँ - राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको ७३ वर्षको उमेरमा निधन भएको छ । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बुधबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी पछिल्लो समय मिर्गौलाको समस्या लगायतबाट ग्रसित थिए । 

अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका जानकार उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)बाट अवकाशप्राप्त थिए । अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका बारेका उनका कृतिहरू समेत प्रकाशित छन् । उनका श्रीमती र ३ छोरी रहेका छन् ।