जसपाबाट निर्वाचित तीन वडाध्यक्षलाई कारबाही सिफारिस

बुटवल : जनता समाजवादी पार्टी रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टीबाट निर्वाचित तीन जना वडा अध्यक्ष र एकजना कार्यपालिका सदस्यलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीले वडा नं ३ का अध्यक्ष अकरामुद्दिन नाउ मुसलमान,वडा नं ६ का अध्यक्ष नैमूल हक मुसलमान, वडा नं ११ का अध्यक्ष अकरामुद्दिन मुसलमान र कार्यपालिका सदस्य अलरख मोहम्मद धुनियालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
चारै जनालाई पार्टीबाट निश्कासनको कारबाही गर्न जिल्ला समितिले पार्टीको प्रदेश समतिलाई सिफारिस गरेको पार्टीका रुपन्देही इन्चार्ज देवेन्द्र पाण्डे सागरले जानकारी दिए । जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरूको पद खारेज हुने कानूनी व्यवस्था छ ।
पार्टी विरोधी गतिविधि गरेपछि पटक-पटक लिखित स्पष्टिकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रकृया पूरा गरेर पार्टीबाट निश्कासनको निर्णय गरिएको जिल्ला अध्यक्ष रामअवतार यादवले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यपालिकामा मेयर, उपमेयरसहित जसपाको बुहुमत थियो ।
यसविषयमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ का अध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले आफुले पार्टी हित विपरित कुनै पनि काम नगरेको बताए । उनले पार्टीका कार्यक्रमहरूमा खबर भएमा सहभागि भएको भन्दै केहि साथीहरू चरित्रहत्यामा लागेको बताए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_NWQVQHpU1d_tevryzbekhhtpnvfpgtzkcxclzgpyoflyull0ugwditbfseqiya6ztaydpu9.jpg)
प्रतिक्रिया