कस्तो छ आजको मौसम ?

काठमाडाैं - आज बिहीबारदेखि फागु पूर्णिमा अर्थात् हाेली पर्व सुरु भएकाे छ । आज काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा हाेली पर्व मनाइन्छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार याे वर्ष हाेलीमा माैसम सामान्य रहेकाे छ । बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने माैसम सफा नै रहने आँकलन गरिएकाे छ ।
हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।
शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

प्रतिक्रिया