मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

भेरीमा बेपत्ता भएका तीन बालकमध्ये एकको शव भेटियो

फाइल फोटो

सुर्खेत - सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकामध्ये  आज एक जनाको शव फेला परेको छ । 

नदीमा बेपत्ता भएको चार दिनपछि एक जना बालकको शव फेला परेको हो । भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुलनजिकै ती बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

बालकको सनाखत भएको छ । मृत भेटिएका बालक लेकवेंशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने प्रक्रिया चलिरहेको छ । 

फागुन २८ गते (शनिबार) सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा दिनेशसहित भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली पनि बेपत्ता भएका थिए । 

खड्का र सिंजाली अझसम्म पनि भेटिएका छैनन् ।  प्रहरीले बेपत्ता भएका दुई जना बालिकाको खोजी कार्य जारी राखेको छ ।