मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

उदयपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं - उदयपुरको बेलका नगरपालिका–६ जोगेनीमा बुधबार मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बेलका नगरपालिका–३ की ७६ वर्षीया राम माया आलेमगर रहेकी छन् । 

स ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी आलेमगरलाई बुधबार बिहान पौने ११ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । 

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।