आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

'टिपरमात्र कुदाएर पनौतीलाई विश्‍व सम्पदामा सूचीकृत गर्न सकिँदैन'

मेयरज्यू,

नमस्कार ! 

तपाईं अब आफ्नो कार्यकालको उत्तरार्धमा हुनुहुन्छ । तपाईंको सेवा अवधिमा पनौती क्षेत्रमा धेरै सन्तोषजनक कामको अपेक्षा थियो जनमानसमा, तपाईंबाट धेरै आशा पनि थियो, केही पूरा पनि भए होलान्, त्यस सम्पूर्णको मूल्याङ्कन त अब बाँकी रहेको तपाईंको कार्यकालका कामहरूबाट पनौतीबासीले गर्ने नै छन् ।

मेयरज्यू, विकास मापनको आधारभूतमध्यको विषय भनेको शिक्षा, स्वास्थ्य र यातायत हो । यी क्षेत्रमा पनौती क्षेत्रमा निराशाजनक प्रगति देख्दा हरेक पनौतीबासीलाई उदेक लाग्छ । हजुरले सुरु गर्नु भएको कृषि केन्द्रीत, पाडी वितरण, पार्क र सहिद पार्क निर्माण, उपभोक्ता समितिद्वारा सन्चालित विकास योजना आदि जस्ता काम स्वागतयोग्य छन् । तर, कहीँ कतै हामी प्राथमिकताबाट भड्किए झैँ भान हुन्छ । मेयरज्यू, बाडुली सारै नै लाग्दो होला आजकल तपाईंलाई । मेरो कार्यलय धुलिखेल हो, कार्यलय जाँदा आउँदा तपाईंलाई नसम्झेको दिन छैन । म जस्तै सयौँले तपाईंलाई पक्कै सम्झिन्छन् । कार्यलय जाँदा आउँदा, पनौती बनेपाको सडक खण्ड यात्रा गर्दा यो बाटोको कन्तबिजोग देखेर, बाटोमा सम्हालिन नसकेर दुइपांग्रे भुइँमा बज्रँदा, अनियन्त्रित टिपरबाट ज्यान जोगिँदा र त्यसको धुवाँधुलोले पुरै आँखा, नाक ढाकिँदा, सेताम्य भएर कार्यलय पुग्दा र सेताम्य भएर घर फर्कँदा तपाईंलाई अभिभावक स्वरूप नसम्झिने कोही नहोलान ।

भोलि त होला भन्‍ने आशामा वर्ष नै बित्‍न आँट्यो । तपाईंको  व्यक्तित्वबाट म प्रभावित भएको व्यक्ति हो । टिपर व्यवस्थापन,पौराणिक धर्म संस्‍कृति, शिक्षा र स्वास्थ्य क्षेत्रमा केहि न केहि सुधार होला हुन्छ भन्‍ने मेरो आशा थियो । हाम्राे अनौपचारिक भेटघाट हुँदा तपाईं आश्‍वासनसहितको योजना पनि सुनाउनु हुन्थ्यो । तर, यी  विषयमा एक्दमै निराशाजनक प्रगति देख्दा मन कुँडिन्छ । गुनासाको पोको मात्र खोल्ने भए पनि यो पत्र धेरै लामो होला तसर्थ तपाईंले तत्काल यी यावत विषयमा केही उपयुक्त कदम बढाउनु होला र पनौती बासीको लागि केही भए पनि राहत दिनु हुन्छ भन्‍नेमा विश्‍वस्‍त छु ।

तपाईंले अब आफ्नो निर्भिकता खानी व्यवस्थापन र टिपर व्यवस्थापनमा देखाउनुस्, परापूर्वकालदेखि नै कन्त बिजोग भएको बनेपा-पनौती खण्डको स्थायी व्यवस्थापनको लागि अबधारणा ल्याउनुस्, शिक्षा र स्वास्थ क्षेत्रको विकास‍को लागि जिल्लाको एकमात्र विश्‍वविद्यालयसँग हातेमालो गर्नुस्, पौराणिक धर्म, कला, संस्कृति चाडपर्व । उत्तर प्रयागको (पवित्र त्रिवेणीघाट परिसर)  उचित सम्वर्धनको योजना ल्याउनुस् ।

टिपर कुदाएर पनौतीलाई विश्‍व सम्पदामा सूचीकृत गर्ने आश आफैँमा हाँस्यास्पद छ । हामी सानो छँदा पून्यमाता खोलामा कत्ले, कछे, असला माछा मार्न जान्थ्यौँ । पून्यमाता जीवित थिइ त्यो कालसम्म । पून्यमाता व्यवस्थापनको लागि बनेपा, धुलिखेल नगरपालिका र केन्द्रसँग हातेमालो गर्नुस् । यी यस्ता कामले तपाईंको कार्यकालमा सुरुवात मात्र पाए पनि, तपाईंको कार्यकाल सफल ठहरिने छ । पनौतीको सफल मेयर भनेर इतिहासमा नाम लेखाउन भोलिका दिनमा सिमित स्वार्थभन्दा माथी उठेर, जनभावनामा मल्हम लगाउने काम गर्नु हुनेछ भन्‍ने आशासहित ।

तपाईंको शुभचिन्तक

समिर ताम्राकार 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…