दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

काठमाडौँ- दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ परेका छन् । कोरिया पठाइदिने भन्दै गठी गरेको आरोपमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङलाई महांकालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
एम८५५६६२२७ राहदानी नम्बरबाहक उनले चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको प्रहरीको भनाइ छ ।
वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिने भन्दै पीडितबाट रकम लिएको र कोरिया नपठाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरेको प्रहरीको भनाइ छ ।
उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_6MZqHhs3Fg_nh2gwo4f9k057p0gm4fjdypaa34xpopyct8qxfbodc6wrtvubx0diykcxkdz.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

प्रतिक्रिया