श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल-युएई संयुक्त समितिको बैठक हुँदै

काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल-युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नेछन् ।
उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुनेछ ।
वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा पनि छलफल हुनेछ । साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरूको समस्या समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।
श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुँदै
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल गर्नुहुनेछ ।
मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार युएईको राजधानी आबुधाबी आइपुगेको हो । आबुधाबी विमानस्थलमा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीलाई संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन् ।

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_X2NiLaQDCG_utb8xtlgaeuwucmekzspw9h9vly68n2pt67gmqo7cg4tukjxdoqshmes2pgy.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

प्रतिक्रिया