काठमाडौंको तारकेश्वरबाट नगदसहित १० जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खूङ्गला गाउँपालिका-८ बागलुङ घर भई तारकेश्वर बस्दै आएका ३९ वर्षीय युवराज कडेंलसहित १० जना रहेका छन् ।
तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरभित्र जुवातास खेलिरहेको गाेप्य सूचनाकाे आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९ हजार ७४५ रुपैयाँ र ३ थान तासबरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको बताए ।

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_X2NiLaQDCG_utb8xtlgaeuwucmekzspw9h9vly68n2pt67gmqo7cg4tukjxdoqshmes2pgy.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

प्रतिक्रिया