जग्गा नामसारी गर्दा घुस मागेपछि...

काठमाडाैँ – कानुनअनुसार प्रक्रिया पूरा गरेर तोकिएको राजस्व तिरेपछि घर जग्गाको नामसारी हुन्छ । सो कार्यका लागि सरकारले देशभर नै मालपोत कार्यालय स्थापना गरेको छ ।
घर जग्गाको कारोबार, नामसारीको सेवा दिन बसेका कर्मचारीले नियमअनुसार काम गर्नुपर्छ तर आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी सामान्य प्रक्रियामा हुने काममा उल्झन खडा ग¥यो वा त्यसैमा घुस माग्यो भने त्यो सरासर भ्रष्टाचारजन्य अपराध ठहरिन्छ ।
घर जग्गाको कारोबार वा नामसारी गराउने जिम्मेवारी लिएर मालपोत कार्यालयमा बसेका एकाध कर्मचारीले बदमासी गर्दा त्यसको असर अन्य कार्यालयमा समेत परेको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले आज जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि मालपोत कार्यालयभित्र हुने बदमासी सार्वजनिक भएको हो ।
आयोगका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँमा कार्यरत खरिदार लक्ष्मण बस्नेतले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग रु एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले घुस लिँदै गरेको अवस्थामा यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो ।
जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_X2NiLaQDCG_utb8xtlgaeuwucmekzspw9h9vly68n2pt67gmqo7cg4tukjxdoqshmes2pgy.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

प्रतिक्रिया