नयाँ भाडादर तोक्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए अनुसार चैत ७ सम्म सार्वजनिक यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने यातायात व्यवसायीले चेतावनी दिएका छन् ।
आइतबार यातायात व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन नगरेको भन्दै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
सरकारले गत असार २७ गते समायोजन गरेको भाडा अहिलेसम्म लागू भइरहेको छ। सरकारले भाडा समायोजन गर्दा डिजेलको मूल्य १०४ हुँदा थियो तर अहिले २७.८८ प्रतिशतले बढेर १३३ पुग्दासमेत भाडा यथावत् यातायात व्यवसायीहरुले लागत धान्न नसकेको गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले चैत सात गतेभित्र वैज्ञानिकरुपले भाडादर समायोजन नगरे व्यवसायीले आफै भाडा बढाउने बताए । उनले सरकारले बनाएको वैज्ञानिक भाडादरको मापदण्ड अनुसार नै भाडा समायोजन गर्ने चेतावनी दिए।
अध्यक्ष कर्मार्चायले वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९. ०३, ट्रक (पहाड) को ११ .८२ र ट्रक (तराई) को १३ .१३ प्रतिशत लागत वृद्धि भएको बताए।

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_NOntEhcdW0_uopp8t3g3jsktwgsgwpcpclbxp9gkjulonj507qdfwvsxekpu8tzpgnp9dqv.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

प्रतिक्रिया