कीर्ते आरोपमा वडाध्यक्षसहित सात जना पक्राउ

सङ्खुवासभा – सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ ।
जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।
भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।
मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_X2NiLaQDCG_utb8xtlgaeuwucmekzspw9h9vly68n2pt67gmqo7cg4tukjxdoqshmes2pgy.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

प्रतिक्रिया