अन्तर नगरपालिका बुद्धिचालमा हेटौंडा उपमहानगर च्याम्पियन

भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ । सातौं तथा अन्तिम चरणको खेलमा २.५–१.५ अंकले पराजित गरी कुल १३ अंकसहित हेटौंडा उपमहानगरले उपाधि हासिल गरेको हो । उपाधिसँगै हेटौंडाले ट्रफी र नगद एक लाख पचास हजार रुपैयाँ पाएको छ ।
फाइनल खेलमा भिमेश्वर नगरपालिकाका लागि सुमित पन्तले वर्तमान नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई माथ गरे । तर हेटौंडाका सुरवीर लामाले भिमेश्वर नगरपालिकाका आशिष फूयाँल, रुपेश जैसवालले सुदीप तामाङलाई हराए भने मनिष हमाल र क्षितिज भण्डारीबीच बराबरी भयो ।
त्यसैगरी समान ११ अंक प्राप्त गरे पनि म्याच प्वाइन्टका आधारमा ललितपुर महानगरपालिका दोश्रो र काठमाडौं महानगरपालिका तेश्रो स्थानमा रह्यो । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा सञ्चालित खेलमा ललितपुरका सजिन महर्जनले केशव श्रेष्ठ, बद्रिलाल नेपालीले रिजेन्द्र राजभण्डारी, सरोज महर्जनले नवीन तण्डुकार र सुमन राईले राजेन्द्र बज्राचार्यसँत बराबरी खेलेका थिए । ललितपुरले ट्रफि र नगद एक लाख तथा काठमाडौंले ट्रफि र नगद पचार हजार रुपैयाँ हात पारेको छ ।
स्वीस लिग ७ राउण्डको खेल भएको प्रतियोगितामा व्यक्तिगत प्रदर्शनमा बोर्ड नम्बर १ मा टोखा नगरपालिकाका मिलन लामा, बोर्ड नम्बर २ मा भक्तपुर नगरपालिकाका निकेन कुसाथा, बोर्ड नम्बर ३ मा दमक नगरपालिकाका चन्द्रप्रकाश नेपाल, बोर्ड नम्बर ४ मा हेटौंडा उपमहानगरपालिकाका रुपेश जैसवाल र बोर्ड नम्बर ५ मा भक्तपुर नगरपालिकाका केशब मानन्धर उत्कृष्ट घोषित भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे । प्रतियोगितामा देशभरका २२ वटा नगरपालिकाका खेलाडीहरू सहभागी थिए ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया