तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ । लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोगमा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक विद्यालयलाई लक्ष्यित गर्दै प्रदर्शन सुरु गरिएको हो ।
सचेतनामुलक सडक नाटक २६ फागुनमा सरस्वती मावि अर्खौले र दुर्छिम माविमा प्रदर्शन गरिएको छ । २७ फागुनमा च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्धोय मावि हलेसीमा प्रदर्शन गरिने जनाइएको छ । सडक नाटकमा घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असर, लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्बन्धीको विषयवस्तु समेटिएको छ ।
पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको सडक नाटकमा ज्योती राई, जेबि डिसि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।
नेपाली शान्ति सैनिकको अदलीबदली

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_UjIFevDSow_0sn7yr5zmkwbtbgd9a4mmmtt8lwqvksyoeerros498hjptu05fpqpgrqhh2m.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

प्रतिक्रिया