सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार केसीको निधन

काठमाडाैँ– सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसीको निधन भएको छ । लामो समयदेखि उपचारराथै उनको आज केएमसी शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएका छन् ।
साहित्यमासमेत उत्तिकै सक्रिय उनलाई राम केसी ‘चौतारे’ को नाममले साहित्य क्षेत्रमा चिनिन्छ ।
चौतारा साँगाचोक नगरपालिका–७, सानोसिरुवारी निवासी ७५ वर्षीय केसी हालसम्म पनि पत्रकारितामै क्रियाशील थिए । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता तथा नेपाल समाचारपत्र दैनिकका जिल्ला समाचारदाताका रुपमा उनी कार्यरत थिए । दमरोग र छातीमा सङ्क्रमणका कारण उनी अस्वस्थ थिए।
केसीलाई गत कात्तिकदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि गत महिना सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको सघन उपचार कक्षमा १० दिन उपचार गराइ घरमा बसेका थिए । फेरि अस्वस्थ उनलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको छोरा शरद केसीले जानकारी दिए ।
विसं २०२६ देखि पत्रकारिता सुरु गरेका केसी विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत थिए । नेपाल प्रेस युनियनका केन्द्रीय सभासदसमेत रहेका उनी नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता सेनानी सम्मान, २०७४ तथा राससबाट उत्कृष्ट जिल्ला समाचारदाताका रुपमा २०५४ र २०५७ मा पुरस्कृत भए ।
उनका उत्पीडन (कथा सङ्ग्रह), सुस्केरा र सुुसेली (गीति सङ्ग्रह) र नियति (कथा सङ्ग्रह) छन् । उनले २०५७ सालमा मिडिया प्वाइन्ट पुरस्कार र २०६० सालमा दैवीप्रकोप उद्धार पदकसमेत पाएका छन् ।
उनका एक श्रीमती, एक छोरा र चार छोरी छन् ।
नेपाली शान्ति सैनिकको अदलीबदली

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_UjIFevDSow_0sn7yr5zmkwbtbgd9a4mmmtt8lwqvksyoeerros498hjptu05fpqpgrqhh2m.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

प्रतिक्रिया