महिला उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर

जुम्ला- जुम्लाका महिला उद्यमीको सहजका लागि जिल्लास्थित पशु सेवा कार्यालयले अनुदानमा ट्याङ्कर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ । एक हजार लिटरसम्म दूध बोक्नसक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो ।
दुग्ध ट्याङ्करले दूध उत्पादन बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ३२ लाख ९५ हजार मूल्यको ट्याङ्कर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन् । सञ्चालक धितालले भने, 'अब किसानले दूध बोकेर बजारसम्म दूध पुर्याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध संकलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ ।'
अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्याङ्करबाट डेरीमा सहजै दूध पुर्याउने काम भइरहेको छ । सदरमुकाम खलङ्गाभित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको उनको भनाइ थियो । ट्याङ्कर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै रु छ लाख बराबरको दूध बिक्री हुने गरेको हिमाली डेरी उद्योगले जनाएको छ ।
कार्यालय प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन् । ट्याङ्कर खरिद जुम्लाका लागि नयाँ कार्यक्रम भएको र यसबाट दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ । दूध बिक्री भएन भन्ने किसानको गुनासो आउने छैन । सदरमुकाम खलङ्गामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन् । बजार विस्तार भएसँगै दूधको माग पनि अत्यधिक हुने गरेको यहाँका डेरी उद्योगका सञ्चालकले बताए । रासस

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_YQBbSh2pgt_sknxlgjryi72cpc3rvo1qzkoglu4zg4auzefieqddmrsk22hiy1tf7ixj08i.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

प्रतिक्रिया