अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण

काठमाडौँ – अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २०७८ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ । बुधबार कपिलवस्तुस्थित सिद्धार्थ स्मारक विद्यालयमा आयोजित कार्यक्रममा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो ।
अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रोमहर्ष पन्थीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको छ । सिद्धार्थ स्मारक माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी ममता भट्टराईलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै पत्रकार विद्या राईलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको उनले जानकार दिए । उनका अनुसार बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठको उपस्थतिमा पुरस्कार प्रदान गरिएको थियो ।
अपाङ्गताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणामा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित अन्तर्दृष्टि पुरस्कार हरेक वर्ष वसन्तपन्चमीका दिन प्रदान गरिने भए पनि कोभिड १९ का कारण यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारी वितरण गरिएको अन्तर्दृष्टि पुरस्कार समितिले जनाएको छ ।

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_YQBbSh2pgt_sknxlgjryi72cpc3rvo1qzkoglu4zg4auzefieqddmrsk22hiy1tf7ixj08i.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

प्रतिक्रिया