मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

नदीमा डुबेर बालिकाको मृत्यु

कैलाली- गोदावरी नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथीहरुसंग नुहाउन गएका बेला बालिकाको डुबेर मृत्यु गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।