स्थानीय तह सहिद स्मृत गोल्डकप, सेमिफाइनल समीकरण पूरा

हेटौंडा : हेटौंडामा जारी स्थानीय तह सहिद स्मृती गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा मंगलबार अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनले बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको हो ।
बागमती क्लबले दोस्रो हाफसम्म १–० को अर्गता कायम राखे पनि खेल जित्न सकेन । दोस्रो हाफको अन्तिम समयको ४३ औं मिनेट र अतिरिक्त समयको एक मिनेटमा डुवल क्यामरुनले दुई गोल गर्यो। ३ मिनेट भित्रै अफ्रिकी क्लब दुई गोल गर्न सफल भयो ।
खेलको म्यान अफ दी म्याच डुवल क्यामरुनका जर्सी नम्बर १० का मोसा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । उनलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गरेका हुन् ।
बुधबारबाट प्रतियोगिताको सेमिफाइनल खेलहरू सुरु हुनेछ । बुधबार पहिलो सेमिफाइनल खेल रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र मच्छिन्द्र क्लब बीच हुनेछ । यस्तै बिहीबार नेपाल आर्मी र अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
फाइनल खेल चैत्र ७ गते शनिबार हुनेछ । खेलको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताल नगद ५ लाख तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया