रुपन्देहीमा एक लाख परिवारले जग्गाको स्वामित्व पाउने

बुटवल : रुपन्देहीमा झण्डै एक लाखको संख्यामा अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवार रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । जिल्लामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा अधुरा कार्यसँग सम्बन्धित एक लाख घर परिवारले जग्गाको स्वामित्व प्राप्त गर्न सक्ने देखिएको भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले जानकारी दिएको छ ।
आयोगको जिल्ला समितिले केही पालिकाहरूमा तत्थांक संकलन भइसकेको र केही तथ्यांक संकलन जारी रहेको जनाएको छ । अहिलेसम्म प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा सो संख्यामा भूमिहीन र सुकुम्बासी रहेको आँकडा निकालिएको जानकारी दिएको हो ।
तथ्यांक संकलन गरिएका पालिकाहरू मध्ये बुटवल उपमहानगरपालिकामा १५ हजार ४ सय ३०, देबदह नगरपालिकामा १४ हजार ३ सय ४३, सैनामैना नगरपालिकामा १३ हजार, तिलोत्तमा नगरपालिकामा ७ हजार ७ सय ३२, कञ्चन गाउँपालिकामा १२ हजार ६ सय ८६, गैडहवामा ८ हजार ९ सय १५ र मायादेवी गाउँपालिकामा ७ सय १६ परिवार भूमिहिन र अव्यवस्थित बसोबासी रहेको पाइएको आयोगका जिल्ला अध्यक्ष बलबहादुर आचार्यले बताए ।
सियारी र शुद्धोधन गाउँपालिकामा तथ्यांक संकलनको कार्य सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकामा, कोटइमाइ, मर्चवारी र सम्मरीमाइ गाउँपालिकामा पनि तत्यांक संकलनको तयारी सुरु गरिएको आचार्यले जानकारी दिए । नेपाल सरकारले गत माघ १५ गते भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला जिल्ला समिति गठन गरेको थियो । आचार्य नेतृत्वको जिल्ला समितिले रुपन्देहीमा माघ २४ गतेबाट काम थालेको थियो ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_es58pidnDe_hd9mi1dflhq3xo2t91pnrqqxdcebtftvgktdmx5jj0l8p9sf2vl2cnispv7s.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया