एमसीसी बीआरआईको काउन्टर गर्ने हतियार बनाइए चीनले सशक्त विरोध गर्ने

काठमाडौं : चिनियाँ प्राध्यापकहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई काउन्टर गर्ने हतियारको रुपमा उपयोग हुन खोजेमा चीनले सशक्त विरोध गर्ने बताएका छन् । उनीहरुले नेपालको भूमि अमेरिका, चीन, भारत विन-विन सहकार्य हुने बताएका छन् । उनीहरुले नेपाल उदाउँदो दुई शक्तिको बीचमा रहेकाले त्यसको महत्व आफैले बुझ्न पर्ने समेत बताएका छन् ।
चीनको हबेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड विजनेसको नेपाल अध्ययन सेन्टरका निर्देशक एवं प्रोफसर चाङ सुविन र विश्व सम्वन्ध केन्द्र चेन्दुका फेलो आझ सेङले त्यस्तो धारणा राखेका हुन् । पश्चिमाहरूले नेपालमा सहयोगको निहुँ पारेर चिनियाँ सहकार्य विगर्न खोजेमा चीनलाई स्विकार्य नहुने उनीहरुले बताए । एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल रिलेसन (एआईडीआईए) ले बिहीबार विहान आयोजना गरेको नेपाल-भारत-चीन सहकार्य सम्बन्धी भर्चुअल कार्यक्रममा उनीहरुले त्यस्तो धारणा ब्यक्त गरेका हुन् । नेपाल सरकार र नेपाली जनताले पश्चिमा सहयोग र सहकार्यलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिने धारणा पनि यी दुई चिनियाँले गरेका थिए ।
‘यदी अमेरिकाले वास्तवमा नै एमसीसीमार्फत नेपालको पूर्वाधार निर्माणमा सहयोग गर्न चाहेको हो भने नेपालका साथीहरुको एमसीसीले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासमा पार्न सक्ने असरसम्बन्धी चिन्तालाई सम्वोधन गर्नका लागि यसलाई आवश्यक संशोधन गर्दा सजिलो हुन्छ,’ उनीहरुले भने । यहाँको विकाससँगै छिमेकमा समेत असर नेगर्ने खालका सबैखाले सहयोग लिएर मुलुकको हितमा काम गर्ने विश्वास पनि उनीहरुले ब्यक्त गरे ।
‘एमसीसी नेपालले निर्णय लिने विषय हो । यहाँहरुको हितमा छ लिनु, छैन नलिनु हामीले भन्ने होइन,’ उनीहरुले भने, ‘यस सम्बन्धमा श्रीलंकाले नेपालका लागि एउटा उदाहरण पेश गरेको छ ।’ कार्यक्रममा अमेरिकाको हावर्ड विश्वविद्यालय अन्तर्गतको हावर्ड एसिया सेन्टरका अनुसन्धानकर्ता अनु अनवरले नेपालले दुवै छिमेकीसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
नेपाललाई सबैभन्दा पहिला आफ्नो राष्ट्रिय लक्ष्य पहिल्याएर भारत र चीन दुवैसँग सहकार्य गर्न सुझाव उनले दिए । उदाउँदो शक्तिको बीचमा नेपाल रहेकाले विकास गर्न सहज हुनेछ । साना मुलुकहरुले पनि राम्रो आर्थिक विकास गरेर शक्ति आर्जन गरेका छन् । उदाहरणका लागि बेल्जियम, स्विजरल्याण्ड र सिंगापुरलाई हेर्न सकिने पनि बताइएको छ । कार्यक्रममा अन्य नेपाली सहभागिले पनि भारत र चीन अनि अमेरिकी चेपुवामा नेपाली परेको हो कि भन्ने आशंका ब्यक्त गरेका थिए ।

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_7MygbdXgzA_pqjoqoacuf3jozw6mdpkxjsjedanp4hbevpja2mxxa8ohdl2ke7ut3xhivtl.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

ट्रम्पविरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

इरान हमलापछि नेतान्याहुको छोराको विवाह रोकियो

इजरायली नागरिकको मृत्युका लागि इरानले ठूलो मूल्य चुकाउनुपर्ने नेतन्याहूको चे…

प्रतिक्रिया