नेपाल-पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सकियो

काठमाडौँ : नेपाल पाकिस्तान फ्रेन्डसिप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पाकिस्तान दुताबासले आयोजना गरेको छैटौं संस्करणको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । धुम्बाराहीस्थित पाकिस्तान दुताबासको मैदानमा भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागीता रहेको थियो ।
सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कप नकआउटका आधारमा प्रतियोगिता संंचालन गरिएको थियो । छैटौं संस्करणको प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । शनिबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेटले एन्जल्स हार्ट एकेडेमीलाई १०७ रनले पराजित गरेको थियो । विजेता र उपविजेता टोलीलाई राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले मेडल प्रदान गरेका थिए ।
कार्यक्रमको समापन नेपालका लागि पाकिस्तान राजदूत शैयद हैदर शाले गरेका थिए । समापन कार्यक्रममा मुख्य अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अतिथीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान मल्ल रहेका थिए । खेल समापनमा बोल्दै राजदूत हैदरले आगामी दिनमा पनि यस्ता प्रतियोगिता संचालन गरिरहने बताए । दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आइरहेको छ । साेही अवसरमा दूतावासले सहभागी टोली, अफिसियल लगायतलाई करिब २० हजार बराबरको उपहार बाँडेको थियो ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया