हत्या आरोपी ३ जना पुर्पक्षका लागि थुनामा

रौटहट : जिल्ला अदालत रौतहटले हत्या आरोप लागेका ३ जनालाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ । गत असोज १६ गते किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना र पुजारीको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
किशोरीको बलात्कार पछि हत्या गरेको आरोप लागेका वृन्दावन नगरपालिका-४ पलटुवा निवासी ४५ वर्षीय चुनु साह तेली र पुजारीको हत्या गरेको आरोप लागेका देवाही गोनाही-१ करुनियाका रामनरेश पटेल र जयनारायण राउत पटेललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गढीमाई नगरपालिका १ की १४ वर्षिय किशोरीको असोज १६ गते शव फेला परेको थियो । रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले पक्राउ परेका तेलीले उनको बलात्कार गरि घटना लुकाउन हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
त्यसैगरी, रौतहटकै माधवनारायण नगरपालिका २ खैस्रैया चोकस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गत भदौ ३ गते सामान्य विवादका कारण गोली हानी हत्या गरिएको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले समान्य विवादमा आरोपित दुवै जनाले मदिरा सेवन गरेर पुजारी साहलाई कन्चटमा गोली हानी हत्या गरेको खुल्न आएको बताए ।

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

प्रतिक्रिया