मुस्ताङमा हिम पहिरोमा परेर १४ चौंरी मरे
मुस्ताङमा-हिमपहिरो-जाँदा

काठमाडौं– मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो जाँदा कम्तीमा १४ वटा चौरी मरे । १५ चौंरी बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए।
जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ मा रहेको धौलागिरी रेञ्जमा हिमपहिरो गएको उनले बताए । ‘करिब सवा चार बजे हिमपहिरो गएको हो,’ ढकालले इकागजसँग भने, ‘त्यति लामो पहिरो छैन, क्षतिबारे थप बुझ्दैछौं ।’
यही स्थानमा कात्तिक तेस्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।
हिमपहिरोका कारण चौँरीगोठ पुरिएको हो । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका चौँरी हिमपहिरोमा पुरिएको हो ।
हिमपहिरोका कारण चौँरीगोठ पुरिएको हो । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका चौँरी हिमपहिरोमा पुरिएको हो ।
‘के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उनले भने, उनले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताएका छन् ।
‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् ’
‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् ’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया