प्रदेश राजधानीसँग सडक जोड्न ४ स्थानीय तहसँग सम्झौता

हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौडासँग सडक सञ्जाल नजोडिएका ४ वटा जिल्लाका स्थानीय तहसँग आइतबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र स्थानीय तहसँग सडक सञ्जाल जोड्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
बागमती प्रदेशको सिन्धुलीको पाटन गाउँपालिका, रामेछापको डोरम्बा गाउँपालिका, काभ्रेको खानीखोला गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले सडक सञ्जालले नजोडिएका स्थानीय तहहरुको हालसम्म ६० वटा निवेदन परेको जानकारी गराए । मन्त्री फुँयालले प्रथमिकताका आधारमा सबै स्थानीय तहसँग प्रदेशको राजधानी जोडिने बताए । बजेट अभावका कारण सबै स्थानीय तहलाई समेट्न नसकेपनि यो वर्ष चारवटा स्थानीय तहलाई भने प्रदेशको राजधानी हेटौँडासंग जोड्नेगरी काम सुरु हुने जनाए ।
प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, मन्त्रालयका सचिब तथा कर्मचारीहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया