मधेस, कर्णाली र सुदूरपश्चिममा विकासमा नेपाली युवा परियोजना
मधेस-कर्णाली-र-सुदूरपश्च

काठमाडौँ : यूथ इन्नोभेसन ल्याबको नेतृत्वमा, रेस्टलेस नेपाल र सीडीएमसीको साझेदारीमा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा वातावरण तथा जलवायू अनुकुल विकासमा नेपाली युवा परियोजना संचालन हुने भएको छ ।
युरोपेली संघको आर्थिक सहयोगमा संचालन हुने यो परियोजना, जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म, वातावरण संरक्षण र जलवायू परिवर्तनका क्षेत्रमा तीनै प्रदेशमा युवाहरु परिचालन गरिने बताइएको छ ।
कोभिड–१९ को महामारी पश्चात युवाहरूको रोजगारीका अवसरहरूमा असर परेको समयमा यस परियोजनाद्वारा तीनै प्रदेशलाई प्राथमिकता दिई रोजगारीको अवसरहरु सृजना गर्नेछ। यो परियोजनाले युवाहरु मार्फत स्थानीय तहको जलवायू परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्ने लक्ष्य छ ।
साथै यस परियोजनाको, जलवायू–मैत्री उद्यमशील कार्यक्रम मार्फत युवाहरुलाई संलग्न गरि रोजगारीहरू प्रदान गर्न, जीविकोपार्जनको स्तरोन्नति गर्न र उद्यम, जलवायू परिवर्तन र सुशासनका क्षेत्रमा युवाहरुलाई सोहि क्षेत्रका विज्ञहरुसंग सहभागी गर्ने लक्ष्य छ । जलवायू परिवर्तन सम्बन्धी विषयहरु उठाउन, कम लागत प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्ने, तथ्यांकमा आधारित अभियन्ताहरूको समूह विकास गर्ने उद्देश्य पनि यस परियोजनाले लिएको छ।

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_YDIjStaK94_kdvr1zw0wft8c09xi6pnnry8suuztvwown5zehnhcqvehx97jbhyxc5tabht.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

प्रतिक्रिया