दार्चुलामा महाकाली नदीमाथि मोटरेबल पुल बनाउन सुरू
दार्चुलामा-महाकाली-नदीमा

दार्चुला : दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ८ असिगडा बगर र भारततर्फ बलुवाकोट नजिकको छारछुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।
यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ।
नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ। मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीय महाकाली नगरपालिका ८ का गोपाल सिह धामीले बताए ।
गत माघ १८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो। सीमा नदी महाकालीमा मोटरेबल पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी भने खुसी भएका छन्।
भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा मोटरेबल पुल निर्माण हुन लागेको हो । धेरै पहिला महाकाली नदीमा नेपाल–भारत जोड्ने पुल निर्माण हुने सुनिश्चितता हुँदा खुसी छाएको धापका स्थानीय बरुण जोशीले बताए,उन्ले भने पुल निर्माण भएपछि सदरमुकाम आउने बाटोसमेत छोटो हुनुका साथै दैनी जिबिका चलाउन पनि सजिलो हुने अनुमान गरिएको छ ।
मोट्रेबल पुल भारतको उत्तराखण्ड सरकारको लगानीमा बनाउने गरी एमओयू भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

प्रतिक्रिया