व्यवसायीको माग: पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउ
व्यवसायीको-माग-पेट्रोलि

काठमाडौं- राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन माग गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्यास उद्योग संघले सरकारलाई राजधानीमा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गरि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै ढुवानी भाडा वृद्धि गर्न माग गरेको हो।
एलपी ग्यास ढुवानी र पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै आन्तरिक तथा बाह्य ढुवानी साधनको ढुवानी भाडा पनि समायोजन गर्न समितिले आग्रह गरेको छ। पेट्रोलियम ऐन बनाई लागू गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा समितिको संयोजक कुश प्रसाद मल्लीले निगमको एलपिजी विनियमावली,विक्रेता विनियमावली तथा ढुवानी सम्बन्धित संस्थाको सुझाव लिएर संशोधन गर्नुपर्ने बताए।
समितिले निजि पेट्रोलियम व्यवसायिक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गर्नुपर्ने सुधार तथा योजनाको सम्बन्धमा सरोकारवाला संस्थाका प्रतिनिधिको विज्ञहरू संलग्न गराई अध्ययन प्रतिवेदन तयार गरि कार्यान्वयन गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्नुपर्ने मल्लीको भनाइ छ।
पेट्रोलियम डिलरहरूले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सान नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागू गर्न माग गरेको छ ।

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_YDIjStaK94_kdvr1zw0wft8c09xi6pnnry8suuztvwown5zehnhcqvehx97jbhyxc5tabht.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

प्रतिक्रिया