तोलामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोबार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । (रासस)

महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया